
काठमाडौं, १२ पुस–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटबार्ता सकिएको छ ।
बुधबार दिउँसो ओलीनिवास बालकोटमा भएको भेट वार्तामा प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।
छलफलमा जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।
दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ । १/२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने प्रचण्ड र ओलीबीच समझदारी भएको छ । बैठकपछि बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्रकारलाई भने कुनै प्रतिक्रिया दिएनन् ।