उत्तर कोरिया र दक्षिण कोरियाबीच ठूलो विवाद छ । दुई देशबीचको सम्वन्धका कारण बेलाबखतमा विश्व युद्ध नै हुन लागेको लक्षण समेत देखिने गरेको छ ।
उत्तर कोरियामा कम्युनिष्ट शासन छ । जहाँ किन जोन उनको साशन छ ।
किम जोन उनलाई नचिन्ने सायदै कम होलान् ।
होचा कदका मोटा उत्तर कोरियाली शासक किम एकाएक दक्षिण कोरियाको सडकमा भेटिदा अनौठो मान्नु स्वभाविक हो ।
दक्षिण कोरियाको सडकमा कालो लामो सुट, कालो चस्मा लगाएको किमलाई देख्दा धेरै मानिस आश्चर्यमा परे । उनीहरुले किमको फोटो खिचे । केहीले किमलाई आएर तानाशाह भन्दै गाली पनि गरे । तर, उनी वास्तविक किम जोन उन थिएनन् । उनी त किम जोन जस्तै देखिने दक्षिण कोरियाली नागरिक थिए ।
उनी ड्रयागन किम हुन् ।
जसको वास्तविक नाम मिनयोङ किम हो जसले उत्तर कोरियाली शासक किम जोन उन जस्तै देखिने पोशाकमा आफूलाई उतार्ने प्रयास गरेका छन् । उनलाई हेर्दा नझुक्किने मानिस कम मात्रै छन् ।