१५ असार २०८३, सोमबार

अनैतिक सम्बन्धपछि अंकिताले विवाह गर्न दबाब  दिएपछि  हत्या ,  युवक पक्राउ

अनैतिक सम्बन्धपछि अंकिताले विवाह गर्न दबाब  दिएपछि  हत्या ,  युवक पक्राउ

लहान, १२ पुस - एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाको लहान नगरपालिका–८ का अमितकुमार साहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

गत मंसिर २१ गते लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजको कोठामा हत्या गरिएकी सिरहाको मिर्चैया नगरपालिकाकी अंकिता यादवको हत्यामा संलग्न रहेको आरोपमा साहलाई घटनाको २१ दिनपछि सर्लाहीको हरिवनबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए । 

मिर्चैया बजारकी अंकिताको हत्यामा संलग्न रहेको अनुसन्धानबाट पाइएपछि साहलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राउतले बताए  । 

अंकितासँग साहको अनैतिक सम्बन्ध रहेको र अंकिताले विवाह गर्न दबाब दिएपछि साहले अंकिताको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक राउतले बताए  । 

साहसँगको यौनसम्बन्धबाट अंकिताले तीन महिनाअघि छोरा जन्माएकी थिइन् । अंकिताको हत्याका क्रममा नाबालक छोरा साथमै रहेको खुलेको छ । 

गत मंसिर २१ गते साँझ साहसँगै लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजमा बसेकी अंकिताको मंसिर २२ गते बिहान हत्या भएको अवस्थामा शव फेला परेको थियो भने अंकिताको नवजात शिशु घटनास्थलमै रोइरहेको थियो । 

प्रहरीका अनुसार लहानस्थित साहको जयराम सुनचाँदी पसलमा अंकिता गहना खरिद गर्न गएकी थिइन् । त्यसपछि साहले अंकितालाई दिएको भिजिटिङ कार्डमा रहेको नम्बर मोबाइलमा सेभ गरेपछि सामाजिक सञ्जालमार्फत उनीहरु साथी बनेका थिए । 

प्रहरीले नवजात शिशुलाई भने अंकिताको श्रीमान् श्रीप्रसाद यादवको जिम्मा लगाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्