२४ असार २०८३, बुधबार

पेट्रोल पम्पको सुरक्षा अवस्था अध्ययन गर्न कार्यदल गठन, कार्यदलमा को-को ?

पेट्रोल पम्पको सुरक्षा अवस्था अध्ययन गर्न कार्यदल गठन, कार्यदलमा को-को ?

काठमाडौँ, १२ पुस -नेपाल आयल निगमले मुलुकभर सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलता र पूर्व सावधानीबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । 

निगम सञ्चालक समितिको आज बसेको बैठकले हाललाई महानगरपालिका र उपमहानगरपालिकामा सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलताबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । 

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा गठित कार्यदलको सदस्यमा निगम सञ्चालक समिति सदस्य अरविन्द्र अग्रवाल, निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई, प्रवक्ता गोइत, आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसी, आपूर्ति व्यवस्थापन विभागका निर्देशक र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनका प्रतिनिधि छन् । 

कार्यदललाई ३० दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको प्रवक्ता गोइतले बताए  । केही दिनअघि वीरगन्जस्थित एक् ग्यास उद्योगमा भएको आगलागीपछि मुलुकभरका पेट्रोल पम्मको सुरक्षाको अवस्थाका बारेमा पनि प्रश्न उठेपछि निगमले कार्यदल गठन गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्