
काठमाडौं, १३ पुस– मुलुककै ठूलो महानगर पोखरा लेखनाथले जनप्रतिनिधिको नेतृत्व पाएको सात महिनामा विकास बजेट एक प्रतिशत मात्रै खर्च गरेको छ । सडक मर्मत, कल्भर्ट, स्ल्याब, ह्युमपाईप र तारजाली लगाउनमै स्रोत र जनशक्ति बढी परिचालन आएको छ । महानगरको मंसिरसम्मको कार्य प्रगति निकै थोरै छ । चालू आर्थिक वर्षका पूर्वाधार विकासमा छुट्याइएको १ अव ३६ करोड ५३ लाख १८ हजार रुपैयाँमध्ये जम्मा १ करोड ८० लाख ९५ हजार रुपैयाँमात्र खर्च भएको हो
लय पक्रँदै विराटनगर
मोरङ– जनप्रतिनिधि आएपछि विराटनगर महानगरमा विकासका कामले गति लिएको छ । स्थानीयले परिवर्तनको अनुभुति गर्न थालेका छन् । विराटनगर ४ का रामप्रसाद खड्काले जनप्रतिनिधि आएपछि विधुत् पोलको बत्ती बिग्रँदा मर्मतका लागि महिनौँ प्रतीक्षा गनुपर्ने अवस्था अन्त्य भएको बताए । उनले भने, अचेल कर्मचारी आफै आएर मर्मत गर्छन्, सडकमा देखिने खाल्डा तत्काल परिन थालेका छन् ।
उठेन फोहोर, हटेन धुलो
चितवन– स्थानीय निर्वाचनताका भरतपुर महानगरलार्य स्मार्ट सिटी बनाउने नारा सबैभन्दा बढी घन्कियो । तर अहिलेसम्म त्यसको कुनै सुरसार छैन । स्मार्ट सिटी त परै, मुख्य भागमा सरसफाईसम्म गरिएको छैन । जनप्रतिनिधि आएको ५ महिना बित्न लाग्दा महानगरमा बेथिती कायमै छ ।
पुरानै शैलीमा वीरगन्ज
पर्सा–आर्थिक नगरी भए पनि वीरगन्ज खुला नाला, धुवाँधुलो, अव्यवस्थित सहरीकरण, ट्राफिक जाम र प्रदुषणका कारण बदनाम छ । नयाँ जनप्रतिनिधि आएपछि यो पहिचान सुध्रिने स्थानीयको आस थियो । तर उनीहरुको कार्यशैली पहिलेकै भन्दा अलिकति पनि फरक छैन, कान्तिपुरमा खबर छ ।