०२ साउन २०८३, शनिबार
विश्वकप–२०२६ विशेष

आसिफ शेख : एउटै शृंखलामा सर्वाधिक रनदेखि विकेटकिपरको भूमिकामा कमालको प्रदर्शनसम्म

माघ १६, २०८२
काठमाडौं
आसिफ शेख : एउटै शृंखलामा सर्वाधिक रनदेखि विकेटकिपरको भूमिकामा कमालको प्रदर्शनसम्म

आसिफ शेख नेपाली राष्ट्रिय टोलीका अनुभवी विकेटकिपर ब्याट्सम्यान हुन् । उनी कप्तान रोहित पौडेलपछि नेपालका लागि दोस्रो सबैभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान समेत हुन् ।

२४ वर्षीय आसिफले देशका लागि दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेका हुन् । यसअघि, उनले सन् २०२४ मा आयोजित टी–२० विश्वकपमा पनि देशको प्रतिनिधित्व गरेका थिए ।

आसिफले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । आसिफले देशका लागि हालसम्म ६३ एकदिवसीय अन्तर्राष्ट्रिय र ६८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको ६३ पालीमा उनले २८.९१ को औसतले कुल एक हजार ६ सय ७७ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ७६.४० रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय १० रन हो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा उनले एक शतक र १३ अर्धशतक पनि प्रहार गरेका छन् । यसक्रममा उनले एक सय ९७ चौका र १६ छक्का हिर्काएका छन् । उनले विकेटकिपरको भूमिकामा ४४ क्याच लिएका छन् भने विपक्षी टोलीका ६ ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् ।

null

यसैगरी, आसिफले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको ६७ पालीमा २५.६० को औसतले कुल एक हजार ६ सय ३९ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १२०.५१ रहेको छ । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ६९ रन हो ।

आसिफले टी–२० अन्तर्राष्ट्रियमा १० वटा अर्धशतक बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले एक सय ५२ चौका र ६४ छक्का पनि प्रहार गरेका छन् । विकेटकिपरको भूमिकामा उनले ३५ क्याच लिएका छन् भने विपक्षी टोलीका १६ ब्याट्सम्यानलाई स्टम्पिङ पनि गरेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू :आसिफ शेखले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका थिए ।

त्यो खेलमा उनले ३० रन बनाएका थिए भने विकेटकिपरको भूमिकामा एउटा क्याच पनि लिएका थिए । खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो ।

टी–२० अन्तर्राष्ट्रियमा डेब्यू :आसिफ शेखले सन् २०२१ को अप्रिल १७ तारिखमा कीर्तिपुर क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । आफ्नो पहिलो खेलमै उनले अविजित ५४ रन बनाएका थिए । त्यो खेलमा नेपाल नौ विकेटले विजयी भएको थियो ।

आसिफले आफ्नो अन्तिम टी–२० अन्तर्राष्ट्रिय सन् २०२५ को अक्टोबर १७ तारिखमा सामोआविरुद्ध ओमानमा खेलेका थिए । टी–२० विश्वकपको एसियाली छनोटअन्तर्गत खेलिएको उक्त खेलमा नेपाल एक सय २४ रनले विजयी भएको थियो ।

लिस्ट ‘ए’ र टी–२० :आसिफ शेखले ६८ वटा लिस्ट ‘ए’ प्रतियोगिता खेल्दै कुल एक हजार सात सय ६४ रन बनाएका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनको उच्च स्कोर एक सय १० रन हो । उनले एक शतक र १३ अर्धशतक बनाएका छन् । उनले ४८ क्याच लिएका छन् भने ६ वटा स्टम्पिङ गरेका छन् ।

यसैगरी, उनले ७५ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । टी–२० प्रतियोगितामा उनले कुल एक हजार आठ सय १३ रन बनाएका छन् । उनको उच्च स्कोर अविजित ८७ रन हो । उनले १२ वटा अर्धशतक बनाएका छन् । उनले ३६ क्याच लिएका छन् भने १८ वटा स्टम्पिङ पनि गरेका छन् ।

अघिल्लो विश्वकपमा प्रदर्शन : आसिफ शेखले दोस्रोपटक विश्वकप खेल्न लागेका हुन् । उनले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजित टी–२० विश्वकप पनि खेलेका थिए ।

त्यो विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा उनी चार रन बनाउँदै आउट भएका थिए । खेलमा नेपाली टोली ६ विकेटले पराजित भएको थियो ।

सोही विश्वकपको श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । दक्षिण अफ्रिकाविरुद्धको खेलमा भने उनले ४२ रनको योगदान गरेका थिए । उनले एउटा स्टम्पिङ पनि गरेका थिए । खेलमा नेपाल केवल एक रनले पराजित भएको थियो ।

यसैगरी, सोही विश्वकपको बंगलादेशविरुद्धको खेलमा आसिफ शेखले १७ रन बनाएका थिए । उनले विश्वकपमा विकेटकिपरको भूमिकामा एउटा क्याच पनि लिएका थिए । उक्त खेलमा नेपाली टोली २१ रनले पराजित भएको थियो ।

null

कीर्तिमान : आसिफ शेख एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटै शृंखलामा १७औं सर्वाधिक रन बनाउने विकेटकिपर ब्याट्सम्यान हुन् । उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शृंखलामा कूल तीन सय ९६ रन बनाएका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एउटै स्टेडियममा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा उनी ४५औँ स्थानमा छन् । उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हालसम्म २० खेल खेल्दै कुल पाँच सय १२ रन बनाएका छन् ।

यसैगरी, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विकेटकिपरको भूमिकामा सर्वाधिक खेलाडीलाई आउट गराउने सूचीमा पनि उनी २२औँ स्थानमा छन् । उनले हालसम्म ४७ खेलाडीलाई पेभेलियन फर्काएका छन् । यस क्रममा उनले ३१ क्याच लिएका छन् भने १६ वटा स्टम्पिङ गरेका छन् ।

यसैगरी, आसिफ शेख टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विकेटकिपरको भूमिकामा एउटै खेलमा सर्वाधिक ब्याट्सम्यानलाई पेभेलियन फर्काउने खेलाडीको सूचीमा १४औं स्थानमा छन् । उनले एउटै खेलमा विपक्षी टोलीका चार ब्याट्सम्यानलाई पेभेलियन फर्काएका छन् ।

यसैगरी, आसिफ शेख टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा ३१औँ र एकै पालीमा सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा ४४औँ स्थानमा छन् । उनले समग्रमा ३१ र एकै पालीमा तीनवटा क्याच लिएका छन् ।

यसैगरी, आसिफ शेख टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विकेटकिपरको भूमिकामा सर्वाधिक स्टम्पिङ गर्ने खेलाडीको सूचीमा पनि १२औँ स्थानमा छन् । उनले विपक्षी टोलीका १६ ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् ।

आसिफ शेखले सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट 'स्पिरिट अफ क्रिकेट' अवार्ड जितेका थिए । उनी यस्तो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली क्रिकेटर पनि हुन् ।

आसिफले यो सम्मानित अवार्ड अवार्ड पाउनुको पछाडि उनको खेल भावना प्रमुख कारण थियो ।

उनले चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय शृंखलाका क्रममा उत्कृष्ट खेलभावना देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट गरेका थिएनन् ।

त्यो खेलमा विकेटकिपर आसिफले चाहेको भए आयरल्यान्डका ब्याट्सम्यानलाई रनआउट गर्न सक्थे ।

तर, रन लिन दौडँदा क्रिजमा अल्झिएर लडेका स्कटल्यान्डका खेलाडीलाई आसिफले उच्च खेल भावना देखाउँदै रन आउट गरेका थिएनन् ।

पढ्नुहोस्, यो पनि :

रोहितकुमार पौडेल : कम उमेरमा एकदिवसीय ‘डेब्यू’देखि कान्छा कप्तानसम्म

salt training

कमेन्ट गर्नुहोस्