
वासिंटन, १३ पुस– राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार अभियानका व्यवस्थापकले आफूमाथि यौनदुर्व्यवहार गरेको अमेरिकी गायिका जोय भिल्लाले आरोप लगाएकी छन् । गायिका भिल्लाले पूर्वव्यवस्थापक कोरी लेवान्डोस्कीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।
गत महिना वासिङ्टनमा भएको एक कार्यक्रममा लेवान्डोस्कीले आफ्नो शरीरको पछिल्लो भागमा दुईपटक हिर्काएको आरोप भिल्लाले लगाएकी छन् । आफू पहिले चुप बसेको र अहिले साथीहरुले हिम्मत दिएपछि आफूमाथि भएको दुर्व्यवहारको बारेमा खुलेर बोलेको भिल्लाले अमेरिकी सञ्चारमाध्यमसँग बताइन् ।
लेवान्डोस्कीले भने आरोपका बारेमा केही बताएका छैनन् ।