
आरिफ शेख राष्ट्रिय टोलीका निकै अनुभवी ब्याट्सम्यानमध्ये एक हुन् । माथिल्लो क्रमका ब्याट्सम्यान आरिफ मध्यमतेज गतिका बलर पनि हुन् । २८ वर्षीय आरिफ शेखले देशका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
आरिफ शेख दुई हजार अन्तर्राष्ट्रिय रनको नजिक छन् । अनुभवी खेलाडी भए पनि आरिफ शेखले पहिलो पटक टी–२० विश्वकपमा देशको प्रतिनिधित्व गर्न लागेका हुन् । नेपालले यसअघि दुईपटक टी–२० विश्वकप खेल्न उनी टोलीका सदस्य थिएनन् ।
आरिफ शेखले ६५ एकदिवसीय अन्तर्राष्ट्रिय र ४५ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियको ५६ पालीमा उनले २८.१० को औसतले कूल एक हजार चार सय पाँच रन बनाएका छन् । एकदिवसीयमा उनको स्ट्राइक रेट ६५.३४ रहेको छ ।
आरिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा नौवटा अर्धशतक बनाएका छन् । यसक्रममा उनले ९९ चौका र ११ वटा छक्का हिर्काएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर भने ८४ रन हो । उनले ३० वटा क्याच पनि लिएका छन् ।
यसैगरी, आरिफ शेखले टी–२० अन्तर्राष्ट्रियको ३६ पालीमा १९.०६ को औसतले कूल पाँच सय ५३ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ११२.३९ रहेको छ । उनले यो ढाँचाको क्रिकेटमा बनाएको उच्च स्कोर भने अविजित ३९ रन हो ।
आरिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५४ चौका र १२ छक्का प्रहार गरेका छन् । उनले १० वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त, उनले एकदिवसीय अन्तर्राष्ट्रियमा नौ र टी–२० अन्तर्राष्ट्रियमा चार विकेट पनि कुम्ल्याएका छन् ।
बलिङतर्फ एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन नौ रन खर्चिएर एक विकेट हो । टी–२० अन्तर्राष्ट्रियमा भने उनको उत्कृष्ट प्रदर्शन केवल दुई रन खर्चिएर एक विकेट हो ।
एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू : आरिफले सन् २०१८ को अगस्त १ तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय भने सन् २०२५ को नोभेम्बर ५ तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेलेका थिए ।
टी–२० अन्तर्राष्ट्रियमा डेब्यू : आरिफ शेखले सन् २०१८ को जुलाई २९ तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । लर्डसको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लबको ग्राउन्डमा खेलिएको उक्त खेल अनिर्णित रुपमा सकिएको थियो ।
आरिफ शेखले आफ्नो पछिल्लो टी–२० अन्तर्राष्ट्रिय भने सन् २०२५ को अक्टोबर १७ तारिखमा सामोआविरुद्ध खेलेका थिए । त्यो खेलमा उनले नौ रन बनाएका थिए । टी–२० विश्वकपको एसियाली क्षेत्रको छनोटअन्तर्गत खेलिएको उक्त खेलमा नेपाल एक सय २४ रनले विजयी भएको थियो ।

प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२० :आरिफ शेखले एउटा प्रथम श्रेणीको क्रिकेट पनि खेलेका छन् । त्यो खेलमा उनले २९ रन बनाएका थिए । उनले ८९ वटा लिस्ट ‘ए’ प्रतियोगिता पनि खेलेका छन् ।
लिस्ट ‘ए’ प्रतियोगिताको ७९ पालीमा उनले २३.४६ को औसतले कुल एक हजार सात सय १३ रन बनाएका छन् । लिस्ट ‘ए’ क्रिकेटमा उनले १० वटा अर्धशतक पनि बनाएका छन् ।
लिस्ट ‘ए’ क्रिकेटमा उनको उच्च स्कोर ८४ रन हो । उनले ३६ वटा क्याच पनि लिएका छन् । लिस्ट ‘ए’ क्रिकेटमा उनले नौवटा विकेट पनि लिएका छन् ।
यसैगरी, आरिफ शेखले हालसम्म ५२ वटा टी–२० पनि खेलेका छन् । टी–२० को ४२ पालीमा उनले २१.३५ को औसतले कूल सात सय २६ रन बनाएका छन् । उनको स्ट्राइक रेट १२०.५९ हो ।
टी–२० क्रिकेटमा उनको उच्च स्कोर अविजित ९३ रन हो । उनले ११ वटा क्याच पनि लिएका छन् । टी–२० क्रिकेटमा आरिफले पाँचवटा विकेट पनि हात पारेका छन् ।
कीर्तिमान : आरिफ शेख आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनमा एक शतक पनि प्रहार नगरी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा ३९ औं स्थानमा आसिन छन् ।