
नेपाली चिया उत्पादनको क्षेत्रमा अति लोकप्रियताका साथ 'टोकला टी'ले विश्वका ९ भन्दा बढी देशमा आफ्नो उपस्थिति स्थापित गरेको छ ।
नेपाली उपभोक्ताले प्रयोग गरिरहेको चिया नै विश्वमा निर्यात गर्दै 'टोकला टी'ले आफूलाई स्थापित गरेको हो । नेपाली हावापानीमा उत्पादित उच्च गुणस्तरको नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै नेपालको गर्व, परम्परा र मौलिकतालाई विश्वभरि पुर्याएको कम्पनीले जनाएको छ।

नेपालको सबै भन्दा ठूलो चिया उत्पादक/निर्यात कर्ताको रूपमा रहेको 'टोकला टी'ले हालै सम्पन्न विश्वमा नै अग्रणी खाद्य तथा पेय पदार्थ प्रदर्शनी गल्फुड दुबई–२०२६ मा सहभागी भई नेपालमा उत्पादन हुने सबैभन्दा शुद्ध र उत्कृष्ट चियाको रूपमा विश्व रंगमञ्चमा आफूलाई प्रस्तुत गरेको हो ।
नेपाली चिया उद्योगलाई विश्वभरि नै फैलाउने दृष्टिकोणसहित 'टोकला टी'ले आगामी दिनमा आफ्नो पहुँचलाई अझै विस्तार गरी, अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ र प्रभावकारी बनाउने लक्ष्यका साथ अगाडि बढ्ने नीति लिएको छ ।