
काठमाडौं, १३ पुस — चीनमा पर्यटकहरूका लागि लाउडियन प्रान्तको होङशुई नदीमा पाँच किलोमिटर लामो फ्लोटिङ पाथ अर्थात् तैरिरहेको बाटो बनाइएको छ ।
दुई लाख २२ हजारभन्दा धेरै फाइबरका तैरिरहेका बीमबाट यो बनाइएको हो ।
यो संसारका केही अद्भुत भवन निर्माणको नमूना हो । संसारमा यस्ता अचम्मका भवनहरू छन् जसको स्थापत्यकलाले विज्ञानका नियमहरूलाई मतलब गर्दैनन् । 
जापानको नागोया सिटीमा रहेको यो अनौठो भवन हेर्दा कुनै बल जस्तो देखिन्छ । यो खासमा साइन्स म्युजियम हो । यसको निर्माणमा सात वर्ष लागेको थियो र सन् २०१२ मा यसलाई सर्वसाधारणका लागि खुला गरियो । बच्चाहरू यो ठाउँ घुम्न जान मन पराउँछन् । 
संयुक्त अरब अमिरात (युएई) को अबु धाबीमा रहेको यो भवनलाई टावर अफ पीसा पनि भनिन्छ । पैंतीस तल्ले यस भवनको उचाइँ १६० मिटर छ । यो शहरकै सबभन्दा अग्लो भवन हो र १८ डिग्री पश्चिमतिर झुकेको छ । जमीनबाट ३० मिटर मात्र गहिराइमा उभिएको हुनाले भवन हल्का झुकेको हो । 
होटल उद्योगमा नयाँ रूप दिनका लागि चीनले अनौठो प्रयोग गरेको छ । बेइजिङभन्दा लगभग ६० किलोमिटर पर रहेको एक तालको किनारमा बनेको भवनलाई यस्तो आकार दिइएको छ कि सूर्यको पहिलो किरण यसमा पर्दा यसको चमक दुईगुणा बढ्छ । अठार हजार ७५ वर्गमिटरमा फैलिएको यो होटलको बाहिरी भागमा १० हजार शीशाहरू लगाइएका छन् । 
स्पेनको भ्यालेन्सिया शहरमा बनेको यो कम्प्लेक्स झट्ट हेर्दा नदीमाथि उत्रिरहेको बल जस्तो देखिन्छ । सन् १९९६ मा प्रसिद्ध वास्तुकलाकार स्यान्टियागो क्यालेट्रोभाले डिजाइन गरेका थिए । कम्प्लेक्समा सिनेमाघर, म्युजियम, एक्वेरियम हल, लाइब्रेरी र शपिङ मललगायतका कुरा छन् । 
युएईको दुबईमा रहेको इन्फिनिटी टावर संसारको सबभन्दा अग्लो भवनमध्येको एक हो । यसको घुमाउरो बनावट नै विशेषता हो । नब्बे डिग्री घुमेको यो भवनभित्र पिल्लर देख्नै पाइँदैन । असी तल्ले भवनको उचाइँ ३०६ मिटर छ ।
एजेन्सी