×

NIC ASIA

काठमाडौं, १३ पुस– जाडोको समयमा हाम्रो शरीरले न्यानोपनाको आवश्यकता महशुस गरिरहन्छ । जाडोको समयमा बिहानीपखको वातावरण चिसो हुने हुँदा धेरैले आफ्नो  नियमित व्यायाम छाड्छन् या नियमित गर्दैनन् । जाडोको समयमा निश्क्रिय जीवनशैलीले हृदयघातको जोखिम बढ्न सक्ने शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका मुटु रोग विशेषज्ञ डाक्टर चन्द्रमणी अधिकारी बताउँछन् ।
 
‘मुटु हाम्रो शरीरको संवेदनशील अंग हो । मुटुमा संक्रमण हुन नदिन हामीले स्वास्थ्य खानपान र स्वास्थ्य जीवनशैली अपनाउनु पर्ने हुन्छ,’ डा. अधिकारीले लोकान्तरसँग भने, ‘अहिले जाडोको समय छ । प्रतिकुल मौसममा चिसोका कारण मुटुमा संक्रमण बढ्न सक्छ ।’ जाडो मौसम सुरु भएसँगै अस्पतालमा हृदयघातका विरामीको चाप बढेको उनी बताउँछन् ।

Muktinath Bank

‘जाडो याममा चिसोका कारण शरीरको नशाहरु साँघुरिने हुन्छ । शरीरका नशाहरु साँघुरिदा मुटुको कार्यभार बढी हुन्छ । जसका कारण मानिसहरुमा हृदयघातको जोखिम उच्च हुने गर्छन्,’ डा. अधिकारीले लोकान्तरसँग भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिकुल मौसमका कारण छातीको संक्रमण छिटो हुने हुँदा जाडोमा मुटुरोगीहरुले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।


Advertisment
Nabil box
Kumari

छाती दुख्ने समस्या हृदयघातको लक्षण हुनसक्छ 

Vianet communication

स्वस्थ्य रहनको लागि समय समयमा स्वास्थ्य परीक्षण गराउनु पर्छ भने पनि रोगले थला पर्ने अवस्था नभएसम्म अस्पताल नजाने नेपालीहरुको बानी अझै गएको छैन । अधिकांश विरामीहरु रोगले च्यापेपछि मात्रै उपचारको लागि अस्पताल आउने गरेको चिकित्सकको गुनासो छ । डा. अधिकारी पनि मुटुरोगीहरु रोगले च्यापेपछि मात्रै अस्पतालमा आउने गरेको बताउँछन् । 

‘वेहोस भएमा मात्रै हृदयघातको लक्षण हो भन्ने सोचाइ छ । तर छाती दुख्ने समस्या छ भने पनि हृदयघातको लक्षण हुनसक्छ । मानिसहरु निको भइहाल्छ भनेर उपचार नै गराउँदैन । जसले हृदयघातको जोखिमलाई झन् बढाउछ’ डा अधिकारी भन्छन, ‘त्यसैले छाती दुख्ने समस्या छ भने तुरुन्त अस्पतालमा स्वास्थ्य परीक्षण गराउनु पर्छ ।’
नेपालीहरुको अस्वस्थ्यकर जीवनशैलीको कारण नेपालमा दिन प्रतिदिन हृदयघातको समस्या बढ्दै गएको छ । गंगालाल अस्पतालमा मात्रै वार्षिक एक हजार हृदयघात विरामीहरु उपचारको लागि आउँने गरेको अस्पतालको तत्थ्याङ्क छ ।
पछिल्लो समय युवाहरुमा हृदयघातको समस्या बढ्दै गएको डा. अधिकारीले बताए । ‘उपचारका लागि अस्पतालमा आउँने विरामीहरुमा  १० प्रतिशत विरामीहरु ४५ वर्षमुनिका छन् । उनले लोकान्तरसंग भने, ‘नेपामा दिन प्रतिदिन युवाहरुमा हृदयघातको समस्या बढ्दै गएको छ ।’

यसकारण बढ्दैछन् हृदयघातका विरामी

– निश्क्रिय जीवनशैली अपनाउनु ।
– शरीरमा कोलेस्टेरोलको मात्रा बढि हुनु ।
– उच्च रक्तचाप 
– सुर्तिजन्य पदार्थ तथा धुम्रपान र अत्याधिक मदिरा सेवन 
– मोटोपना 
– वंशाणुगत गुण
– मानसिक तनाव
– अस्वस्थ्यकर खाना

हृदयघात हुन नदिन डा अधिकारीका सुझाव

– छाती दुख्ने समस्या छ भने समयमै अस्पतामा स्वास्थ्य परीक्षण गराउने ।
– उच्च रक्तचाप, माटोपना र सुगरलाई  नियन्त्रण गर्ने ।
– दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने ।
– आफुलाई तनावमा नराख्ने ।
– समय समयमा मुटु परीक्षण गराउने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x