०७ असार २०८३, आइतबार

लमजुङमा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम

लमजुङमा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम

लमजुङको राईनास नगरपालिकामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । 

भूकम्पीय आवास पुनर्निर्माण कार्यलाई तीव्रता दिनको निम्ति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिरहेको छ । 

कार्यक्रमको उद्घाटनको क्रममा आफ्नो धारणा राख्दै राईनास नगरपालिकाका उपमेयर धनकुमारी गुरुङले निकै ढिला गरी सुरु गरेको यस्तो कार्यक्रमले भूकम्पीय आवास पुनः निर्माणलाई तीव्रता दिने आशा राखेको बताउनुभयो । स्थानीय जनप्रतिनिधिहरु र कर्मचारीहरु एवं प्राविधिकहरुलाई एकताबद्ध भई कार्य गर्नको लागि आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै राईनास नगरपालिकाका कार्यकारी अधिकृत देव बहादुर अधिकारीले सगै जोडिएको गोरखा जिल्लामा पीडितले घर बनाउदै गरेको हेरेर बस्ने अवस्थाबाट मुक्त भई पीडितहरु घर बनाउने क्रममा रहेकोलेआफ्नो नपामा प्राविधिक जनशक्ति थप गरिनुपर्ने भन्दै नगरपालिकाको तर्फबाट पीडितहरुको निम्ति हुने सहयोगमा कुनै कसर बाकी नराखिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको उद्देश्यबारे प्रस्ट्याउदै केन्द्रिय आयोजना कार्यान्व्यन ईकाईका सामाजिक विकास विज्ञ श्री चन्द्रकान्त लौडारीले यसमा संलग्न सरोकारवालाहरुको बुझाईमा एकरुपता कायम गरीपुन निर्माण कार्यलाई तीव्रता दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नगरपालिका उपमेयरकार्यकारी अधिकृत, वडाध्यक्ष र वडासचिव लगायत गरी २६ जनाको सहभागितारहेको कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका आवास पुन निर्माण कार्यक्रमका फोकल पर्सन शिव रेग्मीले गर्नुभएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्