३० असार २०८३, मंगलबार

किर्कुकमा दुई इराकी गुप्तचरको हत्या

किर्कुकमा दुई इराकी गुप्तचरको हत्या

इराक, १३ पुस–पछिल्लो समयमा प्रायः अशान्त रही आएको इराकको किर्कुक सहरमा बुधबार यहाँको गुप्तचर निकायका दुई जना सदस्यको हत्या गरिएको बताइएको छ । 

अज्ञात बन्दुकधारीको आक्रमणमा परी बुधबार ती दुई जना सदस्य मारिएको समाचारमा जनाइएको छ । 

इराकको राजधानी बग्दादबाट करिब २५० किलोमिटर टाढा रहेको उत्तरी किर्कुकको राजमार्गमा बुधबार अपराह्न बन्दुकधारीले गुप्तचर निकायको दुई सदस्य चढेको सवारी साधनमा आक्रमण गरेका थिए । 

आक्रमणपछि आक्रमणकारीहरु सो इलाकाबाट भागेका थिए । उनीहरुको खोजी भइरहेको बताइएको छ, तर बिहीबारसम्म उनीहरु पक्राउ नपरेका अधिकारीहरुले जनाएका छन् । 

सलाउद्दिन प्रान्तका अधिकारीहरुले बुधबार विहान सवेरै यहाँको शरणार्थी शिवीरबाट करिब २ सय परिवार दक्षिणपश्चिम किर्कुकमा फर्किन लागेको सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । 

किर्कुक प्रान्तमा आइएस लडाकूको आक्रमण बढेको कारण ती परिवार सलाउद्दिन पुगेका थिए । हाल सो क्षेत्रबाट आइएस लडाकू भागिसकेका छन् । 

उक्त क्षेत्रलाई इराक सरकारले आइएसमुक्त क्षेत्रका रुपमा यसअघि नै घोषणा गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्