०७ असार २०८३, आइतबार

धरानमा जन्मियो अनौंठो शिशु, हात मात्रै चार ओटा

धरानमा जन्मियो अनौंठो शिशु, हात मात्रै चार ओटा

धरान, १३ पुस–धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले अनौठो शिशुलाई जन्माएकी छन् । मंगलबार प्रतिष्ठानको प्रसूती विभागमा आएकी इनरुवा–८ बस्ने सोनम मण्डलले चार हात, दुई टाउको र दुई खुट्टा भएको अनौठो शिशु जन्माएकी हुन् ।

उनको पेट चिरेर शल्यक्रिया गर्दा छोरीका रुपमा अनौठो शिशुको जन्म भएको हो ।  शिशुको पेट र छाती टाँसिएको तर चार हात, दुई टाउको, दुई खुट्टा र एउटै यौनाङ्ग भएको प्रतिष्ठानका चिकित्सक डाक्टर सूर्यप्रसाद रिमालले बताए ।

अनौठो बच्चा जन्मिएपछि त्यहाका चिकित्सक र नर्सहरु नै छक्क परे । नवजात शिशुको स्वासप्रस्वासको समस्याले जन्मेको २४ घण्टापछि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्