०२ असार २०८३, मंगलबार

मदिरा पिएर झगडा गर्दा काठमाडौंमा भारतीय नागरिकको हत्या

मदिरा पिएर झगडा गर्दा काठमाडौंमा भारतीय नागरिकको हत्या

काठमाडौँ, १३ पुस– काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानस्थित होटल आमादब्लममा मदिरा पिएर झगडा गर्दा भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको हत्या भएको छ । 

गए राति १२ बजे मदिरा सेवन गरी होटलका कर्मचारीसँग झगडा गर्दा सोही होटलका कर्मचारी डोनी शेर्पाले धारिलो हतियार प्रहार गर्दा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते गुरुङलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामंगल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो । 

महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए । ‘खानेकुरा माग्दा नदिएपछि विवाद हुँदा गुरुङको हत्या गरिएको अनुसन्धानमा खुल्न आएको छ,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्