०९ असार २०८३, मंगलबार

मजदुरी गरेर फर्किदै गरेका दुई नेपाली लुटिए

पुस १४, २०७४
मजदुरी गरेर फर्किदै गरेका दुई नेपाली लुटिए

कञ्चनपुर, १४ पुस– भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सिमावर्ती भारतीय बजार वनवासामा लुटिएका छन् । 
लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का उनकै छिमेकी रहेका छन् । दुवै जना भारतको नयाँ दिल्लीमा तीन महिना मजदुरी गरी घर फर्कदै गर्दा भारतीय सिमावर्ती बजार वनवासास्थित आम बगैँचा नजिक लुटिएका हुन् । 

“अपरिचित मोटरसाइकलमा आएका चार जनाले चक्कु देखाए,” पीडित ऐरले भन्नुभयो, “दुवै जनासँग रहेको मोबाइल, ज्याकेट, झोला र मजदुरी गरेर कमाएको नगद रु २० हजार भारतीय रुपैयाँ लुटेर लगेका छन् । 

बालबालिका र घर परिवारका लागि ल्याएको कपडासमेत लुटेराले लुटेर लगेको उनले बताए । लुटपाटपछि बेखर्ची भएका दुवै जना ३५ किलोमिटरको यात्रा पैदल नै तय गर्दै घर पुगेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्