०९ असार २०८३, मंगलबार

७२  समानुपातिक प्रदेश  सांसदको  टुङ्गो लगाउन कांग्रेसले बोलायो बैठक

पुस १४, २०७४
७२  समानुपातिक प्रदेश  सांसदको  टुङ्गो लगाउन कांग्रेसले बोलायो बैठक

ललितपुर, १४ पुस - नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार कार्यसम्पादन समितिको बैठक बोलाएका छन्  । प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारहरूको नामावलीको टुङ्गो लागउनका लागि बैठक डाकिएको नेपाली काँग्रेस केन्द्रीय सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  । 

काँग्रेसले प्रदेश सभाका लागि ७२ जनाको समानुपातिकको नामावलीको टुङ्गो लगाउनुपर्नेछ । निर्वाचन आयोगले शुक्रबार कार्यालय समयभित्रै नामावली आयोगमा बुझाउन दलहरूलाई पत्राचार गरेको छ । 
त्यसबाहेक बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल गरिने कार्यसूची रहेको गोरखापत्रमा खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्