
बाँके, १४ पुस– पश्चिम नेपालको भ्रमणका लागि परिवास सहित नेपालगनज आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थक तथा शुभच्छुकले राँझा विमानस्थलमा भव्य स्वागत गरेका छन् । उनी बिहीबार बुलुकी बुद्ध एयरको उडानबाट नेपालगन्ज आएका हुन् ।
साँझ ५ बजे विमानस्थल आइपुगेका शाहको स्वागतका लागि समर्थक दिउँसो ३ बजेदेखि विमानस्थल बाहिर लाम लागेका थिए । उनी पत्नी कोमल र बुहारी हिमानीसँगै नेपालगन्ज आएका हुन् ।
पूर्वराजाले भ्रमणका क्रमा आफ्ना समर्थकसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ , नयाँ पत्रिकामा खबर छ ।