
काठमाडौं, १४ पुस– विश्वचर्चित कमेडियन चार्ली चाप्लिनका दर्शक अहिले पनि लाखौं छन् । इन्टरनेटमा मात्रै होइन, टेलिभिजनमा पनि उनका कमेडी भिडियो अहिले पनि देखाइन्छ ।
आजका दिनमा पनि उनको नाम चर्चामा छ । लन्डनमा जन्मिएका चार्लीको बाल्यकाल गरिव र निकै दुःखमा बित्यो । कुनै शब्द उच्चारण नगरी हाउभाउले मात्रै दुँनिया हसाउने चार्ली जीवित छँदा जति चर्चित थिए, मृत्युपछि पनि छन् ।
२५ डिसेम्बर १९७७ मा उनको मृत्यु भएको थियो । ८८ वर्षको उमेरमा स्विट्जरल्याण्डको कोर्सियरमा मृत्यु भएका उनको अन्तिम संस्कारअनुासर शव गाडियो । तर तीन महिनापछि उनको शव गायव भयो । गाडिएको ठाँउबाट शव चोरी भएको थियो ।
शव चोरी भएको तब थाहा भयो, जब कोही व्यक्तिले चार्लीकी पत्नीसँग फोन गरेर पैसाको बार्गेनिङ गर्यो । प्रहरीलाई खबर गरेपछि चोरिएको शव खोजन शुरु भयो ।
अन्ततः दुई जना चार पक्राउ परे । चार्लीको शव चोर्नेमा नाग रोमना वारदास र गेचो गानेव थिए ।
नयाँ पत्रिकाबाट