
काठमाडौं, १४ पुस– गृह मन्त्रालयले राजधानीको प्रमुख व्यापारीक केन्द्र ठमेल र दरबारमार्ग २४सै घण्टा सञ्चालन गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीय स्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसायबिना रोकतोक सञ्चालन गर्न अनुमति दिएको हो ।
निश्चित शर्त र मापदण्ड पूरा गर्ने होटल, रेस्टुराँ तथा दोहोरी क्लबहरुलाई नयाँ वर्षपछि पनि सञ्चालन अनुमति दिने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । महानगरीय प्रहरी प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीका अनुसार नयाँ वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखेर ठमेल र दरवारमार्गको रात्रि व्यवसाय सञ्चालन गर्न शान्तिसुरक्षा प्रबन्ध मिलाउन उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयबाट निर्देशन आएको छ, कारोबारमा खबर छ ।