१२ असार २०८३, शुक्रबार

भारतको मुम्बइमा आगलागी, १४ जनाको मृत्यु

पुस १४, २०७४
भारतको मुम्बइमा आगलागी, १४ जनाको मृत्यु

मुम्बइ, १४ पुस– भारत मुम्बईस्थित एक भवनमा आगलागी हुँदा १४ जनाको जलेर मृत्यु भएको छ । लोअर परेल इलाकास्थित भवनमा लागेको आगोमा पर्दा अरु ६ जना घाइते भएका छन् ।


अधिकारीहरुले बिहीबार मध्यराती कमल मिल कम्पाउण्ड भवनको तेस्रो तल्लामा आगलागी भएको जानकारी दिएका छन् । मृत्यु हुनेमा धेरैजसो  बर्थ डे पाटी मनाउन आएका महिला रहेको मुम्बई प्रहरीले जनाएको छ । 

वर्थ डे मनाउने २८ वर्षीया महिलाको पनि ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई सिमन अस्पतालमा भर्ना गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्