
काठमाडौँ, १४ पुस–विवादास्पद राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।
राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेसँगै अव नयाँ सरकार गठन, राष्ट्रिय सभा निर्वाचन हुने बाटो खुलेको छ ।
नेकपा एमाले सरकारले पेश गरेकाे एकल संक्रमणीय व्यवस्था अनुसार राष्ट्रियसभा अध्यादेश पारित गर्न नमिल्ने र नेपाली कांग्रेसले सरकारले पठाएको अध्यादेशलार्इ राष्ट्रपतिले रोक्न नमिल्ने भन्दै विवादमा उत्रिएका थिए । राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेसँगै अब राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनकाे प्रकृया शुरू हुनेछ ।