०९ साउन २०८३, शनिबार
चुनावी ग्राउन्ड जिरो

राजीव झाको समर्थनले रास्वपालाई मधेशमा बलियो आधार, धनुषा–३ मा मनिषलाई सहज

फागुन ३, २०८२
धनुषा
राजीव झाको समर्थनले रास्वपालाई मधेशमा बलियो आधार, धनुषा–३ मा मनिषलाई सहज

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीबाट धनुषा–३ मा उम्मेदवारी दिएका डा. राजीव झाले रास्वपा उम्मेदवार मनिष झालाई समर्थन गरेका छन् । मधेशको छोरा बालेनलाई प्रधानमन्त्री बनाउने भनेर रास्वपाले शुरू गरेको अभियानलाई समर्थन गर्दै राजीवले आफ्नो उम्मेदवारी फिर्ता लिएर मनिषलाई समर्थन गरेका हुन् ।

जनकपुरमा समाजसेवी र इमानदार राजनीतिज्ञको परिचय बनाएका झा धनुषा–३ का बलिया उम्मेदवार थिए । ‘यो केवल एउटा व्यक्ति प्रधानमन्त्री बन्ने कुरा होइन, मधेश र सीमान्तकृत समुदायको सम्मानको विषय हो,’ पार्टी प्रवेश कार्यक्रममा झाले भनेका छन्, ‘यो ऐतिहासिक परिवर्तनलाई आत्मसात् गर्दै मधेशी समुदायको व्यक्तिलाई प्रधानमन्त्री बनाउने अभियानमा सहभागी हुने निर्णय गरेको छु ।’

राजीवको समर्थनले धनुषा–३ मा मनिषलाई सहज भएको विश्लेषण गरिएको छ । नेपाली कांग्रेसका विमलेन्द्र निधि र नेकपा एमालेकी जुली महतो (महासेठ) उम्मेदवार रहेको क्षेत्रमा मनिष रास्वपाको तर्फबाट उम्मेदवार छन् । कांग्रेस–एमालेको पकड भएको क्षेत्रमा रास्वपाका उम्मेदवारले कडा चुनौती सामना गर्नुपरिरहेको थियो ।

स्थानीय मतदाताबीच लोकप्रिय व्यक्ति राजीव झाको समर्थनसँगै मनिषलाई सहज भएको विश्लेषण जनकपुरमा गरिएको छ । रास्वपा उम्मेदवार मनिषले राजीव झाको समर्थनले आफ्नो जित सुनिश्चित भएको पटक–पटक बताउँदै आएका छन् । ‘राजीव दाइजस्तो ओजिलो व्यक्तिको समर्थनले मलाई धेरै मद्दत पुगेको छ र आत्मविश्वास बढाएको छ । अर्कोपटक दाइलाई समर्थन गर्नेछु । रास्वपाले राजीव दाइलाई महत्त्वपूर्ण जिम्मेवारी दिनेछ,’ झाले भने ।

झा बाहुल्य रहेको क्षेत्रमा उम्मेदवारबीच मत नबाँडियोस् भनेर आफूले मनिषलाई समर्थन गर्ने निर्णय गरेको राजीवले बताए । ‘मेरो समर्थनपछि मनिषको जित सुनिश्चित भएको छ, रास्वपाको पक्षमा जनलहर बढेको छ,’ राजीवले लोकान्तरसँग भने ।

काठमाडौँभन्दा पनि राजीवले मधेशमा बसेर स्थानीयका समस्या समाधानका लागि काम गरिरहेका छन् । रास्वपा प्रवेश गर्नुअघिसम्म राष्ट्रिय मुक्ति पार्टीमा उपाध्यक्ष रहेका झाको ‘नेपाल–भारत खुला सीमा संवाद समूह’ मार्फत सीमा क्षेत्रका प्राय: सबै जिल्लामा नेटवर्क छ । भारतीय नेताहरूसँग पनि झाको सुमधुर सम्बन्ध छ ।

null

खुला सीमासँग सम्बन्धित समस्या, जनताको गुनासो, व्यापार–व्यवसाय, नागरिक अधिकारजस्ता विषयमा राजीवले निरन्तर आवाज उठाउँदै आएका छन् । तराई–मधेशका जिल्लामा रहेको त्यो नेटवर्कले अहिले रास्वपालाई समर्थन गर्ने भएको हो ।

मधेशमा राजनीतिक अधिकारको पक्षमा लडेका र गजेन्द्र नारायण सिंहबाट राजनीतिक दीक्षा लिएर सद्भावना पार्टीमार्फत राजनीतिमा प्रवेश गरेका विद्वान् राजीवलाई रास्वपाले राष्ट्रिय स्तरको जिम्मेवारी दिने प्रतिबद्धता समेत जनाएको छ । ‘जनस्तरमा भिजेका, सबै वर्ग–समुदायसँग सहज रूपमा घुलमिल हुन सक्ने स्वभावले राजीवलाई परम्परागत राजनीतिज्ञभन्दा फरक पहिचान दिएको छ । उहाँले मनिषलाई समर्थन गरेर त्यागको उदाहरण पेस गर्नुभएको छ,’ जनकपुर सोनापाराका प्रदीप दासले लोकान्तरसँग भने ।

कुनै ठुला राजनीतिक भाषणभन्दा उनले जनताको सुख–दुःखमा प्रत्यक्ष सहभागी भएर आफूलाई समाजसेवी राजनीतिज्ञको परिचय दिलाउन सफल भएका छन् । राजीव झाजस्ता व्यक्तिको प्रवेशसँगै मधेशमा रास्वपाप्रतिको अन्योल र संशय धेरै हदसम्म कम भएको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ । मधेशका मुद्दा बुझेका, स्थानीय समस्या नजिकबाट अनुभूत गरेका व्यक्तित्व रास्वपामा जोडिएपछि पार्टीको आधार मधेशमा थप मजबुत भएको देखिन्छ ।

‘डा. झाको राजनीतिक प्रवेशलाई केवल दल परिवर्तन भन्दा पनि मधेशमा वैकल्पिक राजनीतिप्रति बढ्दै गएको भरोसाको रूपमा हेरिएको छ,’ अडिटर एसोसिएसनका प्रदेश महासचिव नन्दकुमार झाले लोकान्तरसँग भने ।

मधेशमा निरन्तर समाजसेवा

राजीव झाजस्तो निष्ठावान् समाजसेवी, इमानदार र जनप्रिय व्यक्तित्वको सक्रियताले मधेश प्रदेशमा नयाँ राजनीतिक संस्कारको शुरूआत हुने रास्वपाका नेताहरू बताउँछन् । राजीवको नेतृत्वमा २०७५ सालदेखि ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अवधारणासहित स्थापना गरिएको ‘क्लोथ बैंक’ ले अहिले पनि गरिब निमुखाका लागि निःशुल्क कपडा वितरण गर्दै आइरहेको छ ।

कोभिड महामारीको बेला ७० जना डाक्टरको टिम बनाएर आइसोलेसनमा रहेका व्यक्तिलाई अक्सिजन सिलिन्डर पुऱ्याउने काम राजीवको टोलीले गरेको थियो । अहिले पनि अक्सिजन लिनुपर्ने बिरामीका लागि जनकपुरमा सो सेवा उपलब्ध गराउँदै आइएको छ ।

null

कुनै पनि प्राकृतिक प्रकोप हुनासाथ राजीव मानवीय सामग्री लिएर त्यहाँ पुग्ने गरेका छन् । २०७२ सालको प्रलयकारी भूकम्पको बेला मानिसहरू सुरक्षित आश्रय खोज्दै मधेश झरेको बेला राजीव भने एम्बुलेन्स लिएर काठमाडौँ गएका थिय । ‘मैथिली युवा मञ्च’ दिल्लीको समन्वयमा भारतमा मानवीय सामग्री सङ्कलन गरेर भूकम्प पीडितका लागि राहत बाँडिएको थियो ।

सप्तरीको कञ्चनरूप (कैलारी) मा आगलागी भएको बेला वा बारामा चक्रवात (हावाहुरी) ले जनधनको क्षति गरेको बेला डाक्टरसहितको टोली लगेर राजीवको टिम उद्धारमा सहभागी भएको थियो । साथै मुख्यमन्त्री राहत कोषमा रकमसमेत जम्मा गरेको थियो । सप्तरीको रम्पुरा मल्हनियामा आगलागीबाट पीडित बनेका ८२ घर परिवारमा प्रतिपरिवार ५ सेट कपडा र आवश्यक भाँडाकुँडा सहयोग गरिएको थियो ।

क्लोथ बैंकको संयोजनमा जनकपुरमा हुने विवाह पञ्चमी, रामनवमी र परिक्रमा जस्ता पर्वमा हेल्थ क्याम्पसमेत सञ्चालन गर्दै आइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्