२३ असार २०८३, मंगलबार

कविता : शिवरात्रि शिव भक्ति

फागुन ३, २०८२
काठमाडौं
कविता : शिवरात्रि शिव भक्ति

समुन्द्र मन्थन गरी, निलकण्ठ बनेर ।

यावत् जीवात्माको हितमा रहेर ।

प्रभु तिमीले, अनेक रूप देखायौ ।

पृथ्वी चरमा, दया र धर्म सिकायौ ।

त्रिलोचन तिमी, ब्रह्मा विष्णु महेश बनेर ।

नागमाला, भस्म लेपन गरेर ।

असुर गण नास गरी, जगत जोगाऔ।

निराकार बनी तिमी, त्याग देखायौ।

लीला तिम्रो, जगतमा देखेर ।

सकिन्न कदापि, महिमा कहेर।

भाङ धतुरो, शमसानमा बसेर ।

त्रिनेत्रबाटै, पृथ्वी रचेर।

गर्दछौं भक्ति, निराहार रहेर ।

निराकार तिम्रो, ओमकार जपेर ।

ओम नम  शिवाय प्रणाम गर्दछौं 

अज्ञानी छौं, अबोध छौं, याचना गर्दछौं ।

salt training

कमेन्ट गर्नुहोस्