काठमाडौँ, ९ माघ - नेकपा (माओवादी केन्द्र) का दुईजना नेता आज नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आज एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार कक्षपति र मुगु जिल्ला कमिटीका सल्लाहकार धञ्जीत धियाल एमालेमा प्रवेश गरेका हुन् । कक्षपति रोल्पा निवासी पुराना कम्युनिष्ट नेता हुन् ।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नवप्रवेशीलाई भेदभाव नगरी पुराना जस्तै पार्टीमा काम गर्ने वातावरण मिलाइने जानकारी गराए ।
उनले एमाले जस्तो प्रगतिशील पार्टीमा आएर शिर निहु-याउनु नपर्ने भन्दै छाती चौडा पारेर देशको निम्ति काम गर्न आग्रह गरे । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमालेले राष्ट्रियताका सवालमा देखाएको प्रतिबद्धतालाई अङ्गिकार गरी अन्य पार्टीका राष्ट्रप्रेमी पनि प्रवेश गर्ने बताए । रासस