२८ असार २०८३, आइतबार

संसोधन विधेयक फिर्ता गराउन यसरी जुट्दै छ एक तिहाइ

कात्तिक २०, २०७४
संसोधन विधेयक फिर्ता गराउन यसरी जुट्दै छ एक तिहाइ

काठमाडौं, २६  मंसिर-एमाले नेतृत्वको विपक्षी गठबन्धनले सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ताका लागि दबाब दिन एक तिहाइभन्दा बढी सांसदको हस्ताक्षरसहितको संयुक्त वक्तव्य जारी गर्ने भएका छन्, राजधानी दैनिकमा खबर छ  ।ca hall nepal

संशोधनमा जनमत र संसद दुवै विपक्षमा रहेको पुष्टि गर्न उनीहरूले यस्तो तयारी गरेका हुन् । यसका लागि विपक्षी गठबन्धनका सांसदहरूको हस्ताक्षर संकलन भइरहेको छ । स्रोतका अनुसार एक–दुई दिनभित्रै उनीहरूले २ सय सांसदको हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै छन् ।

एक तिहाइभन्दा बढी सांसदले संयुक्त वक्तव्य निकाली प्रस्ताव फिर्ता लिन आग्रह गर्ने तयारी गरेको एमालेका एक नेताले बताए । ती नेताका अनुसार संसद्को चौथो ठूलो दल सत्तारूढ राप्रपा र थरुहट पार्टीले समेत यथास्थितिमा विधेयकको समर्थन नगर्ने निर्णय गरिसकेका कारण विपक्षमा हस्ताक्षर पुग्ने भएको हो ।



एमाले प्रमुख सचेतक भानुभक्त ढकालले पारित नहुने सुनिश्चित हुँदाहुँदै पनि विधेयक फिर्ता नलिएर सरकारले मुठभेड निम्त्याएको बताए । ‘अहिले विधेयकको विपक्षमा आवश्यकभन्दा बढी सांसद छन् भन्ने स्पष्ट भइसकेको छ,’ प्रमुख सचेतक ढकालले राजधानीसँग भने, ‘वास्तविकता थाहा पाएर पनि सरकारले मुलुकलाई अनिर्णयको बन्दी बनाएर सत्ताको दुरुपयोग गर्दै विपक्षीमाथि युद्धको नगरा बजाइरहेको छ ।’


संशोधन पारित हुन अहिले संसद्मा कायम रहेको ५ सय ९४ मतको दुई तिहाइ अर्थात् ३ सय ९६ मत आवश्यक पर्छ । बराबर मत भएको अवस्थामा मात्रै सभामुखले मतदान गर्न पाउने र एक सांसद निलम्बनमा रहेकाले पनि सत्तारूढलाई थप २ मत कम हुने एमालेको निष्कर्ष छ । संशोधनको माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले समेत विधेयकको समर्थन
गरेको छैन ।


यसरी जुट्दै छ एक तिहाइ बढी

एमाले–१८२
माले–५
नेमकिपा–४
राष्ट्रिय जनमोर्चा–३
नेपाल परिवार दल–२
राष्ट्रिय जनमुक्ति पार्टी–२
नेपाः पार्टी–१
मधेस समता पार्टी–१
जम्मा–२००

कायम संसद् संख्या : ५९४
पारित हुन आवश्यक मत : ३९६

salt training

कमेन्ट गर्नुहोस्