१३ असार २०८३, शनिबार

देउवालाई भेटेर प्रचण्डले भने, ‘राजनीतिक सहमतिमा मात्रै अगाडि बढ्नुहोस्’

देउवालाई भेटेर प्रचण्डले भने, ‘राजनीतिक सहमतिमा मात्रै अगाडि बढ्नुहोस्’

काठमाडौं, १८ पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । 

मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमूखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

भेटमा अध्यक्ष प्रचण्डले सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाई भएको भन्दै छिटोभन्दा छिटो राष्ट्रिय सभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमूख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह आग्रह गरे । 

भेटमा प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी गराएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्