१९ असार २०८३, शुक्रबार

घुस लिदैगर्दा समातिएका इन्जिनियर यादवविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर

घुस लिदैगर्दा समातिएका इन्जिनियर यादवविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौँ, १८ पुस -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय, सिरहामा कार्यरत इन्जिनियर रामबहादुर यादवविरुद्ध आज बिगो रु आठ हजार र सोहीबमोजिम जरिवाना तथा कैद सजाय मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । 

आयोगले इन्जिनियर यादवलाई निर्माण व्यवसाय अनुमतिपत्र बनाउन सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा केही दिनअघि पक्राउ गरेको थियो । 

यसैगरी आयोगले नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर दिनेश थापाले थ्रिफेज लाइन मर्मत जडान गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु २५ हजार घुस लिँदै गरेको अवस्थामा सोमबार नियन्त्रणमा लिई अनुसन्धान सरु गरेको जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्