०८ साउन २०८३, शुक्रबार

रवि लामिछानेले दलित समुदायसँग सदनबाटै मागे माफी

चैत १९, २०८२
काठमाडौं
रवि लामिछानेले दलित समुदायसँग सदनबाटै मागे माफी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायसँग माफी मागेका छन् । 

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले दलित समुदायसँग माफी मागेका हुन् । 

उनले दलित समुदायमाथि आजसम्मको विभेद सामाजिक गल्ती नभएर संगठित अपराध रहेको बताए । 

‘यो देशको दलित समुदायलाई आज मैले सार्वजनिक क्षमायाचनाका साथ केही भन्नुछ । आजसम्मको विभेद सामाजिक गल्ती थिएन संगठित अपराध थियो’, लामिछानेले भने, ‘यो देश किन बनेन थाहा छ ? किनकि जसका हातमा सीप थियो तिनलाई हामीले अछुत मान्यौं । अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन । म सिंगो पार्टी, सम्माननीय प्रधानमन्त्री र सरकारको तर्फबाट पनि माफी माग्छौं र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु ।’

सभापति लामिछानेले रास्वपा नेतृत्वको वर्तमान सरकारले शताब्दियौंदेखिको विभेद, अन्याय र अत्याचारको इतिहाससँग पहिलोपटक सामूहिक र सार्वजनिक माफी मागेको उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्