२४ असार २०८३, बुधबार

यसरी बनाउनुस् खुवाको लड्डु

यसरी बनाउनुस् खुवाको लड्डु

काठमाडौं, १९ पुस — तपाईंलाई मिठाइ खान मन लाग्छ भने तिल र खुवाको लड्डु घरमै बनाउन सिक्नुस्  । लड्डु बनाउन सजिलै छ । 

सामग्री
तिल ५०० ग्राम
खुवा ५०० ग्राम
बदाम ६० ग्राम
किसमिस ६० ग्राम
हरियो अलैंची आधी चम्चा
तेल
बदाम सजाउनका लागि 

विधि
एक प्यानमा तिललाई हलुका खैरो नहुन्जेल भुट्नुस् । 

भुटेपछि यसलाई ब्लेन्डरमा हालेर पिँध्नुस् । 

अर्को प्यानमा खुवा हालेर हलुका खैरो हुन्जेल पकाउनुस् । त्यसपछि यसलाई चिसो बनाउनका लागि छोडिदिनुस् । 

एउटा भाँडोमा खुवा, चिनीको धूलो, तिल, बदाम, किसमिस र हरियो अलैंची हालेर मिसाउनुस् । 

हातमा अलिकति तेल दल्नुस् । 

अब अघि बनाएको मिश्रण लिएर हातले गोला बनाउनुस् । 

त्यसलाई बदामले सजाउनुस् । 

तिल खुवाको लड्डु तयार भयो । तात्तातो पस्किनुस् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्