०५ असार २०८३, शुक्रबार

आफूलाई ऐश्वर्या रायको छोरा दाबी गर्छन् यी युवक !

आफूलाई ऐश्वर्या रायको छोरा दाबी गर्छन् यी युवक !

काठमाडौं, १९ पुस — बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय आफ्नी आमा भएको एक युवकले दाबी गरेका छन् । 

आन्ध्र प्रदेशका संगीत कुमारले आफ्नो जन्म लन्डनमा आईभीएफ प्रविधिमार्फत भएको र दुई वर्षसम्म ऐश्वर्याकी आमा वृन्दा राय र पिता कृष्णराज रायले आफूलाई पालेको बताए । 

उनन्तीस वर्षीय संगीतले  आफ्नो पिता एदिवेलु रेड्डीले आफूलाई विशाखापट्नम ल्याएको र त्यहीँ बसिरहेको बताए । 

विगत २७ वर्षदेखि आफू आमा ऐश्वर्याबाट अलग रहेको र अब आमासँग बस्न चाहेको संगीत बताउँछन् । 

तर आफ्नो दाबी साबित गर्ने कुनै पनि दस्तावेज संगीतसँग छैन । उनका अनुसार, उनका नातेदारहरूले सबै दस्तावेज नष्ट गरिदिए । 

त्यतिमात्र नभई संगीतले ऐश्वर्या एक्लै बसिरहेको र अभिषेक बच्चनसँग छुट्टिसकेको पनि दाबी गरेका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्