१० साउन २०८३, आइतबार

कैलालीको शिवपुरी धाम पुगेर के भने पूर्वराजा ज्ञानेन्द्रले ?

कैलालीको शिवपुरी धाम पुगेर के भने पूर्वराजा ज्ञानेन्द्रले ?

कैलाली, १९ पुस– पूर्वराजा ज्ञानेन्द्र शाहले आज धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गरेका छन् । 

पूर्वराजा शाहले धनगढीकोे शिवपुरी धाम परिसरमा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने क्रममा आफू यस धार्मिक क्षेत्रको दर्शनका लागि इच्छुक रहेको र यो अरु केही नभई विशुद्ध धार्मिक यात्रा रहेको बताए । 

उनले शिवपुरी धाम परिसरस्थित शिव मन्दिरमा पूजाआजा पनि गरे । 

शिवपुरी धामको दर्शन गरी फर्कने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिले देशको अवस्था राम्रो रहेको र अहिल्यै बोलिहाल्ने केही कुरा नरहेको बताए । 

सोल्टी होटल प्रालिको उद्घाटनका लागि पूर्वराजा एक हप्तादेखि स–परिवार नेपालगञ्जमा बस्दै आएकोमा आज बिहान मात्रै धनगढी आइपुगेका उनको निजी सचिवालयले जनाएको छ । 

पूर्वराजासँगै पूर्वरानी कोमल, बुहारी हिमानी र नातिनी प्रेरणा शाह पनि धनगढी आउने कार्यक्रम रहेको भए तापनि पूर्वराजा शाह मात्रै यस क्षेत्रको दर्शनका लागि आउनुभएको मूल स्वागत समितिले जनाएको छ । 

पूर्वराजाको स्वागतका लागि कयौँ चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मूल स्वागत समिति गठन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्