०८ असार २०८३, सोमबार

राजधानी माग गर्दै धनकुटामा आमहडताल

पुस १९, २०७४
राजधानी माग गर्दै धनकुटामा आमहडताल

धनकुटा, १९ पुस - प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोक्न माग गर्दै आजदेखि यहाँ स्थानीयवासीले आमहडताल शुरु गरेका छन् । 

हडतालका कारण आज धनकुटा सदरमुकाममा बिहानदेखि बजार बन्द रहेको छ । धरान–धनकुटा–कोशी राजमार्गमा सवारी साधन गुड्न सकेका छैनन् । कोशी राजमार्गको धरान–धनकुटा खण्ड भएर पहाडी जिल्लातर्फ सञ्चालन हुने सवारी साधन नगुडेर धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित भएको छ । 

बन्दकर्ताले राजमार्गको धनकुटा खण्डमा टायर बालेर सवारी साधन रोकेपछि धरानबाट विभिन्न जिल्लातर्फ जान हिँडेका सयौँ सवारी साधन धनकुटा पात्लेखोलामा रोकिएपछि यात्रुहरु अलपत्र भएका छन् । बन्दमा एम्बुलेन्स, प्रेस, विद्यालयका गाडीका साथै दूध र तरकारी बोकेको गाडी चलेका छन् । 

पर्याप्त भौतिक पूर्वाधार र जग्गा भएकाले साविकको पूर्वाञ्चल विकास क्षेत्रको समदरमुकाम समेत रहेकाले धनकुटालाई राजधानी बनाउनुपर्ने उनीहरुको माग छ । 

salt training

कमेन्ट गर्नुहोस्