०४ असार २०८३, बिहीबार

अलमलियो वाम गठबन्धन

पुस २०, २०७४
अलमलियो वाम गठबन्धन

काठमाडौं, २० पुस- निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र पछिल्लो समय एकताको विषयमा अलमलमा देखिन थालेका छन् ।
 सरकार र पार्टी नेतृत्व, नेताहरूको व्यवस्थान, दुई संवैधानिक निकाय राष्ट्रपति र सभामुखको बाँडफाँट तथा विचार र सिद्धान्तलगायतका विषय कसरी हल गर्ने भन्नेमा शीर्ष नेतृत्वले खाका बनाउन नसक्दा नेताहरू अलमलमा परेपछि पार्टी एकता संयोजन समितिको बैठक अनिश्चित बनेको छ ।

राजधानी दैनिक लेख्छ- नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्र्नेे विषयमा गृहकार्य भइरहेको बताउँछन् । पदीय बाँडफाँटको आधारमा एकता प्रक्रिया प्रभावित नहुने जिकिरसमेत उनले गरे । तर माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एमाले ठूलो दल भएपछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा रोज्नुपर्ने र अर्को आफूहरूले पाउनुपर्ने बताउँछन् ।

दुई पार्टीभित्र सरकारको नेतृत्व र पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषय भने सतहमा नै विवादमा आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्