
पोखरा, २० पुस– पोखरा सराङकोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एन्ड स्पा होटलमा २ जना कामदारको हत्या भएको छ ।
भोजपुरको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पाको हत्या भएको हो । आफ्नै एक सहकर्मीले उनीहरुको घनले हानेर हत्या गरेका हुन् ।
घटनामा गम्भीर घाइते २७ वर्षीय आङदाना शेर्पाको भने पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतक दुई मजदुरको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।
रक्सी पिएर विवाद हुँदा शर्पाको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेका धनकुटाको छत्तरपुर गाउँपालिका ५ का २३ वर्षीय पूर्णबहादुर लिम्बुलाई पक्राउ गरेको छ । लिम्बुले घनले हानेर आफ्नै सहकर्मी शेर्पाको हत्या गरेको प्रहरीले जनाएको छ ।