०३ असार २०८३, बुधबार

यसरी हुन्छ आणविक आक्रमण, अमेरिकी राष्ट्रपतिसँग हुन्छ गोप्य कोड

यसरी हुन्छ आणविक आक्रमण, अमेरिकी राष्ट्रपतिसँग हुन्छ गोप्य कोड

काठमाडौं, २० पुस — उत्तर कोरियाका नेता किम जोङ–उनले आणविक आक्रमण गर्ने बटन आफूसँग भएको अनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूसँग आणविक आक्रमण गर्ने झन् ठूलो बटन भएको बताइरहँदा त्यो बटन कस्तो होला भनी जिज्ञासा उठ्नु स्वाभाविक हो । 

कोठामा बल्बको स्विच अन गर्न थिचेजस्तो राष्ट्रपतिको डेस्कमा आणविक आक्रमण गर्ने बटन छ त ? खासमा राष्ट्रपतिसँग गोप्य कोड हुन्छ जसलाई बटन भनिएको हो । 

द सनमा छापिएको समाचारअनुसार, आणविक आक्रमण गर्ने आदेश अमेरिकी राष्ट्रपतिले दिएपछि सेनालाई गोप्य कोड पनि दिनुपर्ने हुन्छ । त्यसपछि मात्र आणविक आक्रमण गर्न मिल्छ । उक्त गोप्य कोड एउटा ब्रिफकेसमा सुरक्षित हुन्छ जसलाई न्युक्लियर फूटबल भनिन्छ । 

राष्ट्रपतिले गोप्य कोडका साथ आदेश दिएपछि सेनाले आज्ञापालन गर्नैपर्छ । अस्वीकार गर्ने अधिकारीले राजीनामा दिनुपर्छ । 

अमेरिकासँग संसारमा सबभन्दा धेरै आणविक हतियार छ । उत्तर कोरियासँग युद्ध भयो भने विश्व नै ध्वस्त हुन्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्