१२ असार २०८३, शुक्रबार

सुक्खाले गर्दा भोकमरीको स्थितिमा छ यो देश

सुक्खाले गर्दा भोकमरीको स्थितिमा छ यो देश

काठमाडौं, २० पुस — इजरायलमा सुक्खाको खतरा बढेर गएको छ । ग्यालिली समुद्रमा जलस्तर घटेर गएको छ । जोर्डन नदीमा पनि जलप्रवाह घटेको छ अनि डेड सी लगातार घटिरहेको छ । 

इजरायलका धार्मिक स्थलमा नदीहरूबाट पानी पुग्थ्यो तर त्यो पनि सुकिसकेको छ । 

फोटोग्राफर अडेड ब्यालिलटीले गत वर्ष इजरायलमा बिताएर त्यहाँको सुक्खालाई क्यामरामा कैद गरेका छन् । 

वातावरणमा काम गरिरहेको संस्था इकोपीसका इजरायल निर्देशक गिदोन ब्रोमबर्गले एलेनबाए पुलबाट आँखा झिम्क्याउँदा जोर्डन नदी देख्न नपाइने बताएका छन् । 

एलेनबाए पुलले जोर्डन र पश्चिमी किनारालाई जोड्छ । जोर्डन नदी त्यही पुलमुनि बग्छ । 

नदी र समुद्रको जलस्तर घट्नुमा जलवायु परिवर्तनदेखि जनसंख्या वृद्धि र खेतीमा पानीको प्रयोगसम्मलाई कारण मानिएको छ । 

जोर्डन नदी अहिलेसम्मकै सबभन्दा खराब हालतमा छ । नदीको करीब ९५ प्रतिशत प्रवाह सन् १९६० मा कृषिका लागि मोडिएको थियो । 

यस नदीबाट हरेक वर्ष ५५ मिलियन क्युबिक मिटर पानी जोर्डनको खेतीमा प्रयोग हुन्छ । इजरायल, प्यालेस्टाइन र जोर्डन तीनै मुलुक सुक्खाको स्थिति ल्याउनका लागि जिम्मेवार रहेको ब्रोमबर्गको आरोप छ । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्