
एनआईसी एसिया बैंकले मकवानपुरको आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ आरओ वाटर प्युरिफायर जडान गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिए ।
परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूलाई खाने/बस्ने सुविधासहित आश्रय दिइरहेको उक्त संस्थाका लागि यस बैंकका सर्कल हेड– नारायणगढका श्री रामकृष्ण काफ्लेज्यूले आमा घर सेवा आश्रमका संरक्षक विजयराज सिग्देललाई मिति २०८३ वैशाख २ गते एक कार्यक्रमका बीच आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् ।
बैंकले उपलब्ध गराएको उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरूलाई स्वच्छ खानेपानीको सुविधा हुनुको साथै उनीहरूको स्वास्थ्य तथा आश्रमको बसाई अझ सहजता हुने विश्वास बैंकले लिएको छ ।