०६ असार २०८३, शनिबार

यो हो संसारको सबभन्दा विलासी कार

यो हो संसारको सबभन्दा विलासी कार

काठमाडौं — कार चढेर घुम्ने इच्छा कसलाई नहोला र ? धनीमानीहरू नयाँ नयाँ मोडल र फीचरका कारहरू चलाउन मन गर्छन् । 

हामी यहाँ त्यस्तै एक विलासी कारको कुरा गर्दैछौं । यसको मूल्य ८०३ करोड रुपैयाँ छ । जर्मनीको कार कम्पनी ल्याम्बोर्गिनीको यो कार ५०० किलो सुनले बनेको छ । 

कारमा एडभान्स्ड टेक्नोलोजी छ र यसको बनावटले नै कारप्रेमीहरूलाई आकर्षित गर्छ । यो कार जम्मा दुई मिनेटमा सय किलोमिटरको गति पक्रन समर्थ छ । 

ल्याम्बोर्गिनीको यस कारको नाम एभेन्टाडोर एलपी ७००–४ हो । यसलाई बनाउनका लागि कार्बन फाइबर प्रयोग गरिएको छ अनि त्यसमा सुनको लेप लगाइएको छ । 

यो संसारको सबभन्दा महंगो र शानदार कार मात्र नभएर पूर्णरूपमा सुरक्षित पनि छ किनकि यसमा बुलेटप्रूफ शीशा लगाइएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्