०४ साउन २०८३, सोमबार

निर्वाचन आयोगका पदाधिकारीद्वारा राष्ट्रपतिसँग छलफल, सरकार गठन कहिले ?

निर्वाचन आयोगका पदाधिकारीद्वारा राष्ट्रपतिसँग छलफल, सरकार गठन कहिले ?

काठमाडौं २० पुस– चुनाव सम्पन्न भएको एक महिना पूरा भइसक्दा समेत प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक नगरेको भनेर आलोचना भइरहेको समयमा निर्वाचन आयोगका पदाधिकारले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बिहीवार दिउसो भएको भेटवार्तामा आयोग पदाधिकारीले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभइ प्रतिनिधि सभाको नतिजा सार्वजनिक गर्न नमिल्ने जानकारी गराएका थिए । उनीहरुले राष्ट्रियसभा निर्वाचनको तयारी बारेपनि राष्ट्रपति भण्डारी लाई जानकारी गराएका छन् । 

आयोगले प्रतिनिधि सभाको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने संवैधानिक व्यबस्था छ । नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचनको सम्पूर्ण नतिजा तत्काल सार्वजनिक गर्न आयोगमाथि दवाव दिँदै आएका छन् । 

समानुपातिक तर्फको सीटको बाँडफाड गर्न मागगर्दै  वामपन्थी गठबन्धनका युव- विद्यार्थी संगठन सडक संघर्षमा उत्रेपछि आयोगले राष्ट्रपतिसँग परामर्श गरेको हो । यसअघि आयोगले संवैधानिक जटिलताका कारण समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्न नसकेको बताएको थियो । 

समानुपातिक तर्फको सीटको बाँडफाड गर्न मागगर्दै  वामपन्थी गठबन्धनका युव- विद्यार्थी संगठन सडक संघर्षमा उत्रेपछि आयोगले राष्ट्रपतिसँग परामर्श गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको सर्वदलीय बैठकमा नेकपा एमालेले निर्वाचन परिणाम घोषणा गर्न सरकारले निर्वाचन आयोगमाथि दवाव सृजना गरेको आरोप लगाएको थियो । मंसिर २१ गते प्रतिनिधि सभा चुनाव सम्पन्न भएको भोलि एक महिना पूरा हुँदैछ । 

निर्वाचन आयोगले चुनावको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउन नसक्दा सरकार गठन अन्योलमा परेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधी यादव सहितका पदाधिारीले राष्ट्रपतिसमक्ष पनि चुनावको सम्पूर्ण नतिजा सार्वजनिक गर्न संवैधानिक जटिलता रहेको बताएका आयोग स्रोतले जानकारी दियो । 

सरकारले आयोगको परामर्शका आधारमा माघ २५ गतेका लागि राष्ट्रिय सभाको चुनाव गर्ने मिति प्रस्ताव गरेको छ । राष्ट्रियसभाको चुनावको नतिजा आएपछि मात्र प्रतिनिधि सभाको सम्पूर्ण नतिजा सार्वजनिक गर्ने आयोगले अडान लिदै आएको छ । 
8फाइल तस्वीर

salt training

कमेन्ट गर्नुहोस्