२४ असार २०८३, बुधबार

तीर्थाटनमा प्रचण्ड, परिवारका साथ पुगे देवघाट !

तीर्थाटनमा प्रचण्ड, परिवारका साथ पुगे देवघाट !

भरतपुर, २० पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीबार धार्मिक तथा पर्यटकीय केन्द्र देवघाटको भ्रमण गरेका छन् । 

भरतपुर महानगरको परिषद् उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले विहीबार बेलुका परिवारसहित देवघाट भ्रमण गरेका हुन् ।  भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरे ।  

सो क्रममा प्रचण्डले स्थानीय र देवघाटधामका बटुकहरुसँग फोटो खिचाए । उनले व्यवस्थापन समितिका पदाधिकारीहरुसँग संक्षिप्त अन्तरक्रिया समेत गराएका थिए । 

प्रचण्डले देवघाटलाई नेपालको धार्मिक पर्यटनको केन्द्र बनाउन आफूले सक्दो पहल गर्ने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्