२१ जेठ २०८३, बिहीबार
अध्यात्मदर्शन

महाभारत ज्ञानमाला : समुद्रमन्थन पौराणिक कथामात्र कि ब्रह्माण्डिक उथलपुथल ? [भिडियो]

बैशाख १२, २०८३
काठमाडौं

समुद्रमन्थको कथा प्राय: हामी सबैले सुनेका छौँ । प्राचीन कालमा अमृत प्राप्तिका लागि सुरासुर मिलेर समुद्र मन्थन गरेका थिए, जुन काममा पर्वतराज मन्दराचलको मदानी, नागराज वासुकीको नेती बनाइएको थियो । समुद्रको बीचमा पर्वतलाई अढ्याउने काम  कछुवाले गरेको थियो, जसलाई भगवान् विष्णुको कछुवा अवतार भन्ने गरिएको छ तर भइदियो के भने शुरूमै कालकूट विष निस्केर सबैलाई हायलकायल बनायो । धन्य भगवान् शिव त्यसलाई कण्ठमा कैद गर्न सफल भएछन् र मन्थन कार्य सम्भव भएको थियो ।

त्यसपछि कामधेनु गाई, पारिजात वृक्ष, ऐरावत हात्ती, उच्चैश्रवा घोडा, चन्द्रमा, माता लक्ष्मी, आयुर्वेदशास्त्रका प्रवर्तक धन्वन्तरि आदि १४ रत्नको साथमा अमृतको घडा उत्पत्ति भएको थियो ।

अमृत निस्कनु के थियो त्यसमाथि असुरहरूले एकलौटी दाबी गरे । अन्त्यमा देवताहरूसमक्ष पुर्‍याउन विष्णुले मोहिनीको अवतार नै लिनु परेको थियो ।

यसको विरुद्ध असुरहरूले युद्ध छेडेका भए पनि अन्तत: विजय देवजातिकै भएको थियो । के यो विशुद्ध कथा मात्र हो कि कुनै अर्कै रहस्य छ ? विज्ञानको नजरबाट हेर्दा यसलाई कस्तो देखिन्छ ?

आजको भिडियोमा यसैको चिरफार गर्ने प्रयास गरिएको छ ।          

हेर्नुहोस् भिडियो 

 

salt training

कमेन्ट गर्नुहोस्