२५ असार २०८३, बिहीबार

मिर्गौला रोगपीडित पत्रकारलाई सहयोग

पुस २१, २०७४
मिर्गौला रोगपीडित पत्रकारलाई सहयोग

भद्रपुर, २१ पुस- झापाको भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवालको दुवै मिर्गाैला खराब भएर हाल काठमाडौँस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत हुनुहुन्छ । 

पकुवाललाई मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले दिएको सल्लाहअनुसार यतिबेला सोही प्रक्रियामा जुटिरहेको र यसका लागि उहाँलाई आर्थिक समस्या रहेको परिवारजनले जानकारी दिएको छ । मिर्गौला प्रत्यारोपण गर्न आर्थिक समस्या भएपछि पत्रकार महासंघ झापा शाखा र यहाँ क्रियाशील पत्रकार पकुवालको उपचारमा सहयोग संकलनमा जुटेका छन् । 

सोही सन्दर्भमा कन्काई विकास बैंकले पत्रकार पकुवालको उपचारका लागि रु १५ हजार सहयोग गरेको शाखाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्