१७ असार २०८३, बुधबार
कांग्रेस संसदीय दलमा फेरबदल

कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो, कमला पन्त मनोनीत

मुख्य सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई
बैशाख १६, २०८३
काठमाडौं
कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो, कमला पन्त मनोनीत

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला पन्त मनोनीत भएकी छन् ।

प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उनलाई राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् ।

यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको हो ।

यस्तै, उपनेतामा अभिषेक प्रताप शाहलाई मनोनीत गरिएको छ । 

यसैगरी, कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्