२२ जेठ २०८३, शुक्रबार

‘छक्का–पन्जा’ फिल्म युट्युवमा ५८ लाख बढीले हेरे

कात्तिक २०, २०७४
‘छक्का–पन्जा’ फिल्म युट्युवमा ५८ लाख  बढीले हेरे
काठमाडौं, १० माघ– चलचिल छक्का पञ्जालाई युट्युबमा ५८ लाखभन्दा धेरै दर्शकले हेरेका छन् ।

पाइरेसी प्रकरणपछि युट्युबबाट सार्वजनिक गरिएको चलचित्र ‘छक्का पञ्जा’ले युट्युब रिलिजसँगै सकारात्मक तथा नकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

यस वर्षको सुपरहिट चलचित्र ‘छक्का पञ्जा’ले विभिन्न मल्टिप्लेक्स हलमा सय दिन मनाएको थियो ।
हास्यकलाकारहरु दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको फिल्म व्यावसायिक हिसाबले नेपालमा अहिलेसम्मकै सर्वाधिक कमाएको चलचिलसमेत हो ।

यस फिल्मको गीत पूर्व पश्चिम रेल पनि युट्युवमा एक करोडभन्दा धेरै पटक हेरिएर रेकर्ड राखेको थियो ।

हास्य जानरामा निर्माण गरिएको चलचित्र ‘छक्का पञ्जा’लाई हाइलाइटस् नेपालले आफ्नो च्यानलमार्फत सार्वजनिक गरेको हो ।
हेर्नुहोस् फिल्मः


salt training

कमेन्ट गर्नुहोस्