१० साउन २०८३, आइतबार

समस्याग्रस्त १० सहकारीका ठूला ऋणीहरूको नामावली सार्वजनिक [सूचीसहित]

बैशाख २३, २०८३
काठमाडौं
समस्याग्रस्त १० सहकारीका ठूला ऋणीहरूको नामावली सार्वजनिक [सूचीसहित]

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको 'समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय' ले विभिन्न १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। 

समितिले बुधबारको निर्णय बमोजिम समस्याग्रस्त घोषित २० वटा सहकारीमध्ये पहिलो चरणमा १० वटाका ऋणीहरूको विवरण बाहिर ल्याएको हो।
समितिले सार्वजनिक गरेको सूचना अनुसार घेदुङ बहुउद्देश्यीय, हाम्रो सगरमाथा, नागरिक कल्याण, आइडियल यमुना, नेपाल सहकारी वित्तीय, गौतम श्री, ओरिएन्टल को-अपरेटिभ र तुल्सी बहुमुखी लगायतका सहकारीका ठूला ऋणीहरूलाई ऋण चुक्ता गर्न अन्तिम अवसर दिइएको छ। 

नामावलीमा व्यक्तिगत ऋणीहरूका साथै केही व्यावसायिक फर्महरूको नाम समेत समावेश छ। जसमा रमेश बुढाथोकी, कुमार सिंह घिसिङ, नारायण बहादुर रायमाझी, सरिता सापकोटा र तुल्सी मोटरपम्पलगायत नामहरू उल्लेख छन्।
समितिले सम्बन्धित सबै ऋणीहरूलाई बुद्धनगरस्थित कार्यालयमा तत्काल सम्पर्क गरी यथाशीघ्र आफ्नो ऋणको साँवा र ब्याज चुक्ता गर्न निर्देशन दिएको छ। यदि यो सूचनालाई बेवास्ता गरी ऋण चुक्ता नगरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरी रकम असुल उपर गरिने चेतावनी समेत दिइएको छ।

साथै, समितिले अहिले सार्वजनिक गरिएका बाहेक अन्य ऋणीहरूको नामावली पनि क्रमशः प्रकाशन गर्दै लैजाने जनाएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्