
ट्वीटरका सीईओ ज्याक डोर्सीले ओबामा ट्वीटर फलोअर्स डोनाल्ड ट्रम्पकोमा सारिएकोमा माफि मागेका छन् ।
उनले प्राविधिक कमजोरिका कारण ट्रम्पलाई फलो गर्न बाध्य पारिएकोमा माफि मागेका हुन् । राष्ट्रपति ट्रम्पले पद तथा गोपनीयताको शपथ खाएका दिन नै अमेरिकी राष्ट्रपतिको आधिकारिक ह्यान्डल @POTUS ट्रम्पकोमा सारिएको थियो ।
सीइओ डोर्सीले माफी माग्दै शनिबार ट्वीटहरु गरेका छन् । उनले राष्ट्रपतिका रुपमा रहेका ओवामाका ट्वीटहरु @POTUS44 मा सुरक्षित राखिएको भन्दै उक्त @POTUS ह्यान्डल ट्रम्पकोमा सार्दा ५ लाख ६० हजार मानिसहरु प्रभावित भएको जनाएको छ ।
ट्वीटरले गल्ती स्विकार गर्दै त्यसलार्इ सच्याउने प्रतिवद्धता जनाएको छ ।