०४ साउन २०८३, सोमबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका सीईओ पाण्डेको राजीनामासम्बन्धी समाचार भ्रामक

बैशाख २८, २०८३
काठमाडौं
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका सीईओ पाण्डेको राजीनामासम्बन्धी समाचार भ्रामक
फाइल फोटो

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेको राजीनामासम्बन्धी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति बैंकले ध्यानाकर्षण भएको जनाएको छ ।

बैङ्कले सोमबार विज्ञप्ति जारी गर्दै उक्त समाचारहरू भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको जनाएको हो ।​ ​

बैंकका प्रमुख सीईओ आफ्नो जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा सक्रिय रहेका समेत बैङ्कले जनाएको छ ।​ 

बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गर्न पनि बैङ्कले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्