०९ असार २०८३, मंगलबार

व्यवसायी पौडेल हत्याकाण्ड : केन्द्रबाटै अनुसन्धान सुरु

पुस २३, २०७४
व्यवसायी पौडेल हत्याकाण्ड : केन्द्रबाटै अनुसन्धान सुरु

बुटवल, २३ पुस  — युवा व्यवसायी वसन्त पौडेल बलुको हत्याबारे प्रहरीले छुट्टाछुट्टै २ टोली बनाएर अध्ययन सुरु गरेको छ । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको एक वर्षलगत्तै उक्त स्थानमै अर्का व्यवसायीको हत्या भएपछि प्रहरी संवेदनशील भएको हो ।

संवेदनशील घटना भएकाले घटनाको प्रारम्भिक अध्ययन जिल्लास्तरीय प्रहरीले गरे पनि गहिरो अध्ययनका लागि टोली गठन गरेको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।

त्यसका लागि केन्द्रीय र संघीय इकाई अर्थात् साविक अञ्चलस्तरीय प्रहरी टोली खटिएको उनले बताए । टोलीले एक साताभित्र घटनाबारे अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्नेछ । यद्यपि हत्याले स्थानीयमा भएको आवेश र बन्दका कारण अनुसन्धानमा समस्या परेको प्रहरीको भनाइ छ, कान्तिपुरले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्