२५ असार २०८३, बिहीबार

एकै दिन साटिन्छ साढे २४ अर्बको चेक

पुस २३, २०७४
एकै दिन साटिन्छ साढे २४ अर्बको चेक

काठमाडौं, २३ पुस-  राष्ट्र बैंकले पैसाको कारोबारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने प्रक्रिया थाले पनि चेक साट्नेको संख्या बढ्दो छ। नेपाल क्लियरिङ हाउसमा दैनिक ४० हजारभन्दा बढी चेक साटिने गरेको छ। दैनिक २४ अर्ब ६० करोडको चेक क्लियरिङ हँदै आएको हाउसकी अप्रेसन म्यानेजर मुन्नी राजभण्डारीले जानकारी दिइन्। उनले भनिन्, ‘गतवर्ष दिनहुँ २२ अर्बको हाराहारीमा चेक साटिन्थ्यो। अहिले बढेको छ।'

ठूला कारोबार चेकबाटै हुने गरेकाले कारोबार रकम बढी देखिएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। ‘संसारभरनै जतिसुकै पेपरलेस प्रविधिमा जाने भनिए पनि ठूलो रकमको कारोबार चेकबाटै हुने अभ्यास छ', उनले भने। गतवर्ष औसतमा दैनिक ४३ हजार तीन सय २६ चेक साटिने गरेकामा अहिले संख्या घटेर ४० हजारको हाराहारी सीमित छ', उनले भनिन्, ‘तर चेक सटही संख्या घटे पनि क्लियरिङ रकम भने बढेको छ।'

‘६ वर्षअघि वर्षमा दुई खर्ब ३९ अर्बको चेक क्लियरिङ हाउसले क्लियर गरेको थियो', उनले भनिन्, ‘अहिले सटही रकम साढे २१ गुणाभन्दा बढीले बढेको छ।'

हाउसले नेपाली चेक क्लियरिङ गर्नुका साथै यूएसए, युरो तथा जीबीपी पनि साट्ने चेक पनि क्लियरिङ गर्ने गरेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्